नियम ८
निबेदन दिनु पर्ने
(१) हेजिङ्ग सुविधा प्राप्त गर्न चाहने परियोजना वा त्यसको लगानीकर्ताले अनुसूची-१ बमोजिमको ढाँचामा हेजिङ्ग गर्ने संस्थामा निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको निवेदनसाथ, देहायका विवरण तथा कागजात संलग्न गर्नु पर्नेछः-
क परियोजना कार्यान्वयन सम्बन्धमा सम्बन्धित निकायबाट प्राप्त अनुमतिपत्रको प्रतिलिपि,
ख - परियोजनामा हुने विदेशी क्रण लगानी सम्बन्धी सम्झौता वा आशयपत्रको प्रतिलिपि,
ग प्रचलित सङ्घीय कानून बमोजिम विदेशी क्रण लगानी गर्न तथा विदेशी मुद्रा ल्याउन स्वीकृति पाएको पत्रको प्रतिलिपि,
घ हेजिङ्ग शुल्क ब्यहोर्ने सम्बन्धमा नियम ५ को उपनियम (१) बमोजिम भएको समझदारी र नेपाल सरकारले हेजिङ्ग शुल्क ब्यहोर्ने भए नियम ५ को उपनियम (४) बमोजिम मन्त्रालयले दिएको सहमति,
ङ लगानी गर्ने वा परियोजना सञूचालन गर्ने कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि,
च नियम ३ को उपनियम (१) को खण्ड (छ) बमोजिम नेपाल सरकारले हेजिङग सुविधा उपलब्ध गराउने भनी निर्णय गरेको परियोजनाको हकमा त्यस्तो निर्णयको प्रतिलिपि वा सम्बन्धित मन्त्रालयले दिएको जानकारीपत्रको प्रतिलिपि, छ विदेशी मुद्राको आप्रवाह र बहिर्गमनको प्रक्षेपित विवरण ।
(३) उपनियम (१) बमोजिम निवेदन दिँदा व्यावसायिक संस्था र परियोजना वा त्यसको लगानीकर्ताको बीचमा परियोजना विकास सम्झौता हुँदाका बखत हेजिङ्ग सम्बन्धमा कुनै सहमति भएकोमा त्यस्तो सहमतिको विवरण वा कागजात समेत संलग्न गर्नु पर्नेछ।
(४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बैङ्क तथा वित्तीय संस्थाले अन्तर्राष्ट्रिय वित्त बजारमा क्रण उपकरण (ग्रीन बण्ड) जारी गर्ने वा अन्तर्राष्ट्रिय बैङ्क तथा वित्तीय संस्थासँग लिने क्रण कारोबारमा हेजिङ्ग सुबिधाको लागि उपनियम (१) बमोजिम निवेदन दिँदा बैङ्कबाट त्यस्तो क्रण उपकरण (ग्रीन बण्ड) जारी गर्न वा क्रण लिन प्राप्त गरेको स्वीकृति र विदेशी मुद्राको आप्रवाह र बहिर्गमनको प्रक्षेपित विवरण पेश गर्नु पर्नेछ।